बाल कविता (सबै एक माला)

बाल कविता
छन्द : भुजङ्गप्रयात
शीर्षक : सबै एक माला

हुँला भोलि ठूली छँदै छैन पीर
छ उद्देश्य मेरो बनूँ एक वीर ।
गरूँ देशको नै सकेसम्म ख्याल
बनी हिड्न पाऊँ सधैँ पूर्ण ढाल ।।

म झुक्दैछु ज्ञानी बनाऊ भविष्य
बनी बुद्ध तिम्रो पढूँ धेर शिष्य ।
सधैँ हिड्छु सीधा बताऊ न बाटो
सधै देशको नै बचाऊँ म माटो ।

Sagan sahari bhawan nirman aayojana

म सिक्नेछु केही बनूँ एक छाता
उनी मूल नै हुन् भजूँ देश माता
सधैँ दुस्ख देऊ तिमी साथ आई
भए देश मेरो खुसीको बसाइँ ।।

सधैँ देख्न पाऊँ म ऊँचो हिमाल
बनी साहसी झन् चढूँ ख्याल ख्याल ।
अनेकौँ छ भाषा अनेकौँ छ भेष
मलाई पियारो छ नेपाल देश ।

बनी माहुरी झैँ उडूँ माथिमाथि
मलाई छ प्यारो दिने साथ साथी ।
न तेरो न मेरो सबै एक माला
छ नेपालको हात साँचो र ताला ।
लेखक :  सरू बस्नेत
ठेगाना : निजगढ-बारा
हाल काठमाण्डौ

Shaileshwori
Loading...