बाल्यकालमा दशैँ आएको यसरी थाहा हुन्थ्यो ……

राम चन्द

मिनबहादुर नेपाली अर्थात मिनेदाइ उनि कथाका मात्र होइन, मेरो जिवनमा दशैँका अलग खुसिका पात्र पनि हुन । मिनेदाई लुगा सिउने काम गर्नु हुथ्यो जब उहाँ घरमा आईपुग्नु हुन्थ्यो तब दशैँ आएको आभास हुन्थ्यो दशैँ आएको । आजभोलि जस्तो सामाजिक सञ्जाल थिएन, सञ्चार माध्यमको उपलब्धता थिएन, जब तल्लो गाउँ बजेको बाजा र सनहिको धुन बज्थ्यो, लाहुरबाट परदेशी लाहुरे दाजुभाई आउँथे,  घर कमेरोले ले सजिन्थ्यो  अनि दसैं हुनेखानेको घरमा दारिबाला बोका बाधिन्थ्यो बल्ल दशैँ आएको सूचना गाउँभरी हुन्थ्यो ।

भकारिबाट अन्न झिकेर बजारमा बेच्नको जमातले भन्थ्यो दसैं आयो, दशैँको चहल पहल संगै कसैको घरमा बिदेश बाट  फर्केन्थे कसैका घर रङन्थे अनि मन्दिर मा रागाँ बोका बादिन्थे । गाउँ घरमा दसै सुरु भएपछि हाम्रो घरमा मिनेदाइको छुट्टै महत्व हुन्थ्यो उनि कपडा सिउने मसिन बोकेर हाम्रो घर आउदासम्म हामि उनको घर जान्थ्यौं ।

हाम्रो घरमा मिनेदाइ भित्रे पछि पुथ्यो नयाँ लुगा भिट्ने खुसिअरू कहाँ भेटिन्थ्यो र अन्नत‌ मिनेदाइ ऐकदिन हाम्रै घरसम्म आइपुग्थे त्यो बेला अति प्रिय लाग्थे मिनेदाइ आज सम्म उतिकै प्रियछन् मिनेदाइ मेरो हरेक सुख दुःख सँग जोडिएका छन् ।

काचो कपडाको उत्पाद मिठो बासना मेसिनको टिक टिक आवाज अनि  कैचिले काटे्को  मसिनो आवाज यसरि लठ्याइ दिन्थ्यो कि हामि यँहा बाट उठेर जान मान्दैनन् थियौँ ।  नयाँ कपडा स्कुलले ड्रेस हुन्थे दसैंमा लगायो अनि स्कुले दिनमा तर पनि हामि खुशि, मिनेदाइ हाम्रो घरमा दसैं भित्रयाएर अरू कसैको घरमा दसैं लगेर जान्थे ।तर उनि हरेक घरमा दसैं लगेर जान्थे तर उनको आफ्नो घरमा दसैं सुनसान हुन्थ्यो । सायद अरू लाइ खुसि बाड्दा बाड्दै आफु खुसी हुन्थे ।

नयाँ कवडा पाउनका लागी दशैँ प्रर्खनु पर्ने हुँदा पनि होला हामीलाई दशैँ कहिल्ये आउला भनेर गन्थेँउ, हरेक दिन जस्तो हामी दशैँ आउने दिनहरु गन्थेम ।  मिनेदाइ सँगै हाम्रो दसैं सुरू हुन्थ्यो अस्टमिको दिन बलि दिने बोका घरमा बादेर गाउँ भरि फुर्ती लगाउने छिमेकिले गर्दा होला बा आमालाइ दसैं आएपनी खासै उत्साहित देखिदैन थिए ।

Sayalb

दसा जस्तो लाग्ने ।तर हाम्रा लागि ति कुराले महत्व दिदैननथ्यो छानामा वा घरको आगनमा को रूखमा लागेको फर्सी र पानणे हो  दसैं वलि हो भन्ने थाहा हुन्थ्यो ।  गाउँका रजवार मुखिया जमिदार सबैका आगनमा बाद्निथे बोका ।

मान्छे सँग पैसा थिएन पैसाको महत्व धेरै थियो आज भोलिको जस्तो उताउलो फेसन थिएन । दसैमा लगाउने लुगा स्कुल ड्रेस हुन्थे टिका दिन लगाएर धोयपछि बर्ष दिन स्कुल लगाऐर जानु पर्थ्यो र पो खुसि थियौं।  अनेक प्रकारका गाउँमा मेला लाग्थे  खानामा उखु जुलेबि समउसा  सुन्तला हुन्थे  घरबाट पाइऐको  मेला खर्चबाट सुन्तला जुलेबि समउसा किनिथ्यो ।

उबेला धेरै छिमेकी सँग राम्रो मोलमोलाइ र आथिक हैसियत मिल्थ्यो ‌। पसले जागिरे बाहेक गाउँमा किसान नै हुन्थे जमिन जसको  जति भएपनि  सानो   खर्च पात जुटाउन अन्नपात लगेर बेच्नु पर्थ्यो ।

मासु खान चाडबाड पर्खनुपर्ने समय हुनाले पनि होला दसैं मा मासुको महत्व हुन्थ्यो । प्रत्येक दसैंमा रंङ्गेने हाम्रो घरका कुरा कहाँ भुल्न सकिन्छ र एक घन्टा हिडेर घमिरको जङ्गल बाट ल्याएको किरमाटो बजार भन्दा पर सिमलसैन बाट ल्याएको रातो माटो र बिग्रिएका सेलको कोलो मसो बाट घरकाझल ढोका रगिन्थे ।

दिन भरि घर पोत्ने अनि साझ नास्ता भात भुटेर खाइन्थ्यो क्या गजब समाज थियो । रहरगर्ने हरू परदेश छिरे बाघ्यता पार्न खोज्ने बुढा हुदै गए खरको छानो फेरियो टिन लागेकै ठाउँमा लेन्टर बाला घर ठडिन सुरु भए पुराना घर हरूलाइ गाइ गोठमा परिणत भए अझ छिमेकी गाउँ बाट बजार तिर बसाई सरे गाउँ नै रित्तो पारि ।

वा आमा उस्तै छन दसैं रमाइलो गर्ने हरू उस्तै छसमय फेरियो बा हामि फेरियो दसैं दसैं जस्तो लाग्दै दशा जस्तै लाग्न थाल्यो । एक सरो लुगालाई बर्ष दिन धकेल्ने समयका हामि कपडा किन्न हामि दसैं कुर्दैनौ । मासु लागि चाडपर्व नै कुरने हाम्रो समाज आज भोलि एक छाक कुरदैन । त्यसैले दसैं लाइ दसको रूपमा परिणत नगरि न मरि बाचे कालैले साचे उबेला को दसैं जस्तै मनाउन मन छ ।

लेखक हाल भारत पञ्जाबमा कार्यरत छन ।  

Shaileshwori
Loading...