कविता (त्यो दिन)

शीर्षक : त्यो दिन
एकाएक बारूदका गन्ध फैलिए
बन्दुकका आवाज गुन्जिए सबै तर्सिए
बिहान पारिलो घाम बैशाख महिना सबै व्यस्त काममा
बन्दुकका गोलिले ४/५ सय जना मान्छे मात्र मारिएन
एउटा बस्ति मात्र उजाडिएन एउटा घरमात्र जलाएन
गरिबीबाट मुक्ति पाउन स्कुल गई पढ्ने थुप्रै सपना बोकेर
जङ्गल बसेका निर्दोष सपना
जल्दै लास बनेर ढल्दै गए
डर त्रास अनि बाच्ने आशामा तछाडमछाड गरिरहेका मन
लुटिएका चेलिका अस्मिता खोसिएका आमाको सिँउदो
रित्तिएका काख उजाडिएका बस्ति
पोलिरहेका घाउ
बोटबिरुवा पशुपन्क्षि जताजतै लास, बगिरहेको रगत
केही जिउदो लाशका जमात
कति भयानक दृश्य
बैशाखको घाममा गनाएका ती मृत शरीर
थाहा पाएन मेरो बस्तिले
बन्दुकका आवाज र बारूदका गन्धले
पोलिरहेछ ती दृश्यले घोचिरहेका छन्
ती मृत शरिरका अबशेष हड्डिहरुले
बोटबिरुबाका घाउ उस्तै छन्
१८ बर्ष हुदाँ नि छोएन् सिंहदरबारलाई
पुगेन् बालुवाटारलाई
गुन्जिरहेछन् ती बन्दुकका आबाज
गन्ध फिजाइरहेछन् बारूदहरुले
चीत्कार उस्तै छ अझै
सरकार तिमीलाई ईतिहास भयो ।
म र मेरो बस्तिलाई प्रत्येक दिन बन्दुकका आबाजले तर्साउन्छन्
बारुद्वका गन्धले नमज्जासँग छुन्छन्
प्रत्येक दिन चलिरहेको छ ।

Sayalb

✍️ लेखक : मुना मटेली

ठेगाना : डोटी
हाल : काठमाण्डौँ

Shaileshwori
Loading...