अमेरिकामा बहुप्रतिक्षारत राष्ट्रपतीय निर्वाचन आज हुदै
अमेरिकामा बहुप्रतिक्षारत राष्ट्रपतीय निर्वाचन आज हुँदैछ। यसका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुने भएको छ।
राष्ट्रपतिको चुनावी मैदानमा दुई उम्मेदवार छन् । यसपटक पनि डेमोक्रेटिक पार्टीका जो वाइडेन तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । ट्रम्प दोस्रोपटक तथा वाइडेन पहिलोपटक राष्ट्रपति हुने आकांक्षा राखेका छन् । ट्रम्प ७४ वर्ष र वाइडेन ७८ वर्षका छन् । दुवैमध्ये जो निर्वाचित भए पनि अमेरिकाको भविष्य बुढा नेताकै काँधमा पर्ने देखिन्छ । ट्रम्प वर्तमान राष्ट्रपति हुन् । उनी दोस्रो कार्यकाल दोर्होयाउन चाहन्छन
आगामी चार वर्षका लागि निर्वाचित हुने विश्वकै शक्तिशाली पद मानिने राष्ट्रपतिको यो निर्वाचन र त्यसपछि आउने नेतृत्वलाई केवल वर्षको समयावधिसँग मात्र तुलना गरिँदैन। सन् १९१८ मा देखा परेको स्पेनिस फ्लुपश्चात् एक सय वर्षमा आइलागेको कोरोना भाइरस र यसले पारेको गम्भीर असरलाई दीर्घकालीनरुपमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयसमेत यसै निर्वाचनसँग आएर जोडिएको छ।
आज हुने निर्वाचनमा रिपब्लिकन र डेमोक्र्याट पार्टीको क्रम वर्चस्व रहेको सिनेट र काँग्रेसको कोर्स पनि परिवर्तन हुने अपेक्षा गरिएको छ। एक सय सिटको सिनेटमा अहिले रिपब्लिकनको ५३ सिट र डेमोक्र्याटको ४७ सिट रहेको छ। उता तल्लो सदन भनेर चिनिने काँग्रेसमा भने ४३५ सिटमा डेमोक्र्याटको २३२ सिट सहित वर्चस्व रहेको छ। यसपटक सिनेटको ३३ सिट र काँग्रेसको ४३५ सिटको निर्वाचन हुँदैछ। सिनेटरको कार्यकाल ६ वर्षको हुने भएकाले हरेक दुई वर्षमा एक तिहाइको चुनाव हुने गर्दछ भने काँग्रेसको भने हरेक दुई वर्षमा निर्वाचन हुने व्यवस्था रहेको छ। अमेरिकामा मङ्गलबार निर्वाचन भए पनि निर्वाचनको परिणाम आउन भने केही सातासम्म लाग्न सक्ने बताउँदै आइएको छ। सन् २०१६ मा एक सातामा सार्वजनिक भएको परिणाम यसपटक हुलाकमार्फत गरिएको मतपत्र गणनाले केही बढी समय लिनसक्ने निर्वाचन कार्यालयहरुले जानकारी दिएका छन्।
आलोचकले कोरोना भाइरस नियन्त्रण र तत्काल आवश्यक कदम चाल्न ट्रम्प प्रशासन सक्षम नभएको भनेर टिप्पणी गरिरहेका छन् भने ह्वाइट हाउसले सम्पूर्ण संयन्त्र परिचालन गरिएको भनेर बचाऊ गर्दै आएको छ। कूल ३२ करोड नागरिक रहेको अमेरिकामा वालिग मताधिकारको सङ्ख्या २४ करोड रहेको छ। अमेरिकामा मतदान गर्न १८ वर्ष पूरा भएको हुनुपर्छ। हुलाकमार्फत् मतदान गर्न पाउने व्यवस्था र निर्वाचनको मितिभन्दा एक साता अगाडिबाट शुरु हुने पहिल्यै मतदान गर्न पाउने व्यवस्था ९अर्लि भोटिङ्ग० मार्फत करिब नौ करोड ३० लाख नागरिकले मतदान गरिसकेको तथ्याङ्क सार्वजनिक भएको छ। यसपटक अमेरिकामा करिब १५ करोड मतदाताले मतदान गर्ने अनुमान गरिएको छ। यो कूल मतदाता सङ्ख्याको ६२ प्रतिशत हो।
डेमोक्र्याट पार्टीको एशियन अमेरिकन प्यासिफिक आइल्याण्डसर्् मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्य तथा नेप्लीज अमेरिकन एलायन्स फर एक्सनका केन्द्रीय उपाध्यक्ष अर्जुन हमालले भने, “हामी नेप्लीज अमेरिकनको चुनावी प्रक्रियामा सामेल भएको धेरै भएको छैन तर यो प्रक्रियामा सामेल भएर आफ्नो अधिकार उपयोग गर्नु सबैको कर्तव्य हो।”
हमालले आगामी नोभेम्बर ३ तारिखमा हुने मतदानमा भाग लिएर नेप्लीज अमेरिकनले आफ्नो अधिकार उपयोग गर्न अनुरोध गरेको पनि बताए। उता रिपब्लिकन पार्टीको वर्चस्व रहेको टेक्सासमा बस्दै आएका ‘एनआरएन आइसिसिका अमेरिकाज क्षेत्रका डिआरसी’ रामसी पोख्रेल आफू ‘रजिष्टर्ड रिपव्लिकन’ भएको बताउछन। पोख्रेलले भने, “हामीले स्थानीय, राज्य र सङ्घीय सरकारमा हामी र हाम्रो एजेण्डा बुझाउन, अल्पसङ्ख्यकको अधिकार सुनिश्चित गर्न राजनीतिमा सामेल हुनुपर्छ।”
टेक्सासमा रहेका नेप्लीज अमेरिकनहरुले साउथ एशियन रिपब्लिकन क्लब स्थापना गरेर आफ्नो विचारसँग नजिक रहेका रिपब्लिकन पार्टीका उम्मेदवारलाई समेत सहयोग गर्दै आएका छन्। अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा जनताले प्रत्यक्ष मत दिएर मात्र पुग्दैन। यहाँको संवैधानिक व्यवस्थाअनुसार इलोक्ट्रोल कलेजको मत निर्णायक हुन्छ। कूल ५३८ इलोक्ट्रोन मतमध्ये २७० मत ल्याउने उमेदवार राष्ट्रपतिको पदमा निर्वाचित हुन पाउँछन्। कतिपय अवस्थामा यो व्यवस्थाले जनताको मत अत्यधिक पाएर पनि विजयी हुन नसकेका उदाहरण रहेका छन्।
सन् २०१० को जनगणनामा आधारित भएर २०१२, २०१६ र २०२० को निर्वाचनमा कूल ५३८ इलोक्ट्रोल मत विभाजन गरिएको छ। त्यसमध्ये सबैभन्दा बढी इलोक्ट्रोल भोट ५५ जना भएको राज्य क्यालिफोर्निया हो भने सात वटा राज्यबाट तीनरतीन भोटको गणना हुन्छ। यसरी इलोक्ट्रोल कलेजको गणना गर्दा हरेक राज्यको जनसङ्ख्या, सिनेटरको सङ्ख्या र काँग्रेसनल डिष्ट्रिकको समानुपातिक मतका आधारमा चयन गरिन्छ। यसपटकको चुनावमा फ्लोरिडा, एरिजोना, पेन्सलभेनिया, मिचिगन, विसकन्सिन, नर्थक्योरिलना र जर्जियाको इलोक्ट्रोल भोट निर्णायक हुनेछ। यी राज्यहरुमा जुन उम्मेदवारले अग्रता कायम गर्दै वर्चस्व कायम गर्नेछन् उनकै जीत निश्चित हुनेछ।
अर्का उम्मेदवार वाइडेन बाराक ओबामा राष्ट्रपति हुँदा उपराष्ट्रपति थिए । उनी पहिलोपटक राष्ट्रपतिका प्रत्यासी बनेका हुन् । त्यसैले राष्ट्रपतिको चुनावमा के कस्तो रणनीति अख्तियार गर्नुपर्छ भन्नेमा दुवै उत्तिकै सशक्त छन् । वाइडेनले आफ्नो चुनावी सम्बोधनमा अमेरिकन नागरिकलाई खुसी पार्ने सामान्य रणनीति मात्र अपनाएका छन् । उनले निकै सरल रूपमा चुनावी अभियान चलाउँदै ट्रम्पको कार्यकालमा भएका गल्ती र कोरोना भाइरस रोकथाम र नियन्त्रणमा भएका कमजोरीलाई आप्mनो प्रमुख अस्त्र बनाएका छन् ।
ट्रम्प भने आक्रामक रूपमा प्रस्तुत भइरहेका छन् । अघिल्लोपटकको चुनावमा अमेरिकालाई पुनः एकपटक महान् बनाउनुपर्छ भन्ने उनको चुनावी नारा थियो । यसपटक पनि उनले कोरोना भाइरसमाथि अमेरिकाले जित निकाल्ने र अमेरिका फेरि महान् बन्ने नारा अघि सारेका छन् । राष्ट्रपतिका दुवै प्रत्यासीले सबै सभामा कोरोना केन्द्रित रही भाषण दिएका छन् । वाइडेनले ट्रम्पको असफल नीतिकै कारण अमेरिकामा कोरोना संक्रमण फैलिएको आरोप लगाइरहेका छन् । तर, ट्रम्पले भने मास्क नै नलगाई अमेरिकन जनताले कोरोनामाथि जित निकाल्ने दाबी गरिरहेका छन् ।
यसरी चुनिन्छन राष्ट्रपति
अमेरिकामा राष्ट्रपति चयन अन्य राष्ट्रमा भन्दा भिन्न छ । यहाँ प्रत्यक्ष खसेको बहुमतको आधारमा उम्मेदवार निर्वाचित हुँदैनन् । अमेरिकामा प्रत्यक्ष खसेको मतको आधारमा नभएर ती मतदाताहरूको प्रतिनिधिले खसालेको मत आधारमै राष्ट्रपति चयन हुन्छ । अर्थात् इलेक्टोरल कलेजको मतको आधारमा राष्ट्रपति चुनिन्छन् । इलेक्टोरल कलेज समूहमा पाँच सय ३८ व्यक्ति हुन्छन् । यो समूहका व्यक्तिले आधिकारिक रूपमा खसालेको मतले नै राष्ट्रपति र उपराष्ट्रपति चयन हुन्छन् । राष्ट्रपतिमा निर्वाचित हुन पाँच सय ३८ मध्ये दुई सय ७० इलेक्टोरल मत समर्थन आवश्यकता पर्छ । मतदाताहरूले आफ्नो मत प्रत्यक्ष रूपमा राष्ट्रपतिका उम्मेदवारलाई नखसालेर इलेक्टोर्सलाई राख्छन् । मतपत्रमा इलेक्टोर्सको नाम समावेश हुँदैन ।
कानुनअनुसार अमेरिकाको हरेक राज्यहरूले जनसंख्याको आधारमा इलेक्टोरल कलेजका लागि निश्चित इलेक्टोर्स तोकिएको हुन्छ । जनसंख्याको आधारमा क्यालिफोर्निया राज्य ठूलो छ । क्यालिफोर्नियामा ५५ इलेक्टोरल मत दिइएको छ ।
महँगो निर्वाचन
अमेरिकी राष्ट्रपतिको यो निर्वाचन अहिलेसम्मकै महँगो मानिएको छ । सन् २०१६ को तुलनामा यसपटक ५० प्रतिशतले निर्वाचन खर्च बढेको छ । यो निर्वाचनमा लगभग ११ बिलियन डलर खर्च भएको अनुमान सेन्टर फर रेस्पोन्सिभ पोलिटिक्सले गरेको छ । २०१६ को निर्वाचनमा ६।८ बिलियन डलर खर्च भएको थियो ।
– एजेन्सीहरूको सहयोगमा