मंगलबार सुनको भाउ तोलामा १८ सयले घट्यो

नेपाली बजारमा आज पहेलो धातु सुनको मूल्यमा प्रतितोला एक हजार ८ सय रुपैयाँले घटेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन ९२ हजार ५ सय रुपैयाँमा कारोवार भईरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो ।

bhukampa

यस्तै तेजाबी सुन आज ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार ९३ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि सोमबारको तुलनामा प्रतितोला ३० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार २ सय १० रुपैयाँमा कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार १ सय ८० मा कारोवार भएको छ ।

Shaileshwori
Loading...