सुनको भाउ तोलामा निरन्तर ओरालो लाग्दै : बुधबार एक हजारले घट्यो

नेपाली बजारमा केही दिन देखी सुनको मुल्य ओरालो लागिरहेको छ । मंगलबार एक हजार ८ सय रुँपयाले ओरालो लागेको पहेलो धातु सुनको मूल्यमा बुधबार प्रतितोला एक हजार रुपैयाँले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन ९१ हजार ५ सय रुपैयाँमा कारोवार भईरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज ९१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार ९२ हजार रुपैयाँमा कारोवार भएको थियो ।

Sayalb

यस्तै चाँदीको मूल्य पनि मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला एक हजार १ सय ८० रुपैयाँमा कारोवार भएको चाँदी बुधबार भने प्रतितोला एक हजार १ सय ७५ मा कारोवार भईरहेको छ ।

Shaileshwori
Loading...