बोगटान फुड्सिल गाउँपालिकामा ब्यबसायिक कालिज पालन सुरु (फोटो फिचर )

कर्ण चन्द
बोगटान फुड्सिल गाउँपालिका वडा नं. ५ धिर्कामाण्डौंमा ब्यबसायीक काजिल पालन सुरु गरिएको छ । धिर्कामाण्डौँमा स्थापना गरेको काजील बहुृउलेश्य फर्मको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले सोमबार उद्धघाटन गरेका हुन ।
सृजलशिल कार्य सहित सुरु गरेको ब्यबसायिक कालीज पालनको प्रर्बद्धनका लागी गाउँपालिकाको हर सम्भब सहयोग गर्ने बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए । अध्यक्षले भने ‘ म अन्य युवा साथीहरुलाई अनुरोध गर्छु, यसरी ब्यबसायिक काम गर्नु होस, हामी हातमा हात मिलायर काम गर्न, सहयोग तयार छौँ, कृर्षि क्रान्ति युवाका सहभागिता बिना सम्भब छैन ।’
स्थानीय युवा देबबहादुर बोहरा सहितका ४ जनाले संयुक्त रुपमा कालीज बहुउदेश्य फर्म सुरु गरेका हुन ।  ५०० चल्ला राखेर सुरुवात गरेको उक्त फर्मले निकट भबिश्यमा ह्याचरी सुरु गर्ने तयारी रहेको सञ्चालक बोहराले जानकारी दिए ।
२१ लाख ९७ हजारको लागतमा डाँडा घेरवार गरेर धिर्कामाण्डौँमा सुरु गरिएको छ । फर्मको थप बिस्तारका क्रममा शहरमा रेष्टुरेष्ट खोल्ने तयारी भईरहेको बोहराले बताए । बोहराले भने ‘ यहाँ हुर्काउने पालन गर्ने कार्य हुन्छ, दिपायल वा कैलालीमा कालीज रेष्टुरेन्ट स्थापना गछौँ ।’
सुदूरश्चिम प्रदेशमा कैलाली पछी कालीज पालन गर्ने बोहरा दोस्रो कृषक हुन । नेपालमा कालीज पालन नयाँ ब्यबसाय भएको पशु सेवा बिज्ञ केन्द्र तथा भेटनरी अस्पताल सिलगढीका प्रमुख खडकबहादुर शाहाले बताए । शाहाले भने ‘ हाम्रा लागी पनि कालीज नौलो बिषय हो, हाम्रो कार्यालयको तर्फबाट हुने सहयोग हुनेछ, जिल्लाको ग्रामिण क्षेत्रमा कृषकले यत्ती ठुलो लगानी गर्नु प्रशंसनिय कार्य हो ।’
कालीज पालनको नौलो ब्यबसाय भएका कारण राम्रो सम्भावना रहेका कृर्षी ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए । पनेरुले भने ‘ पछिल्लो समयमा कृर्षि प्रती युवाहरुको आकर्षण बढेको छ, सरकारले अब काम गर्ने कृषकलाई प्राथमिकतामा राखेर काम गर्छ उहाँ र यस्ता अन्य ब्यबसायीक कृषकलाई हाम्रो सहयोग हुन्छ ।’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष समेत रहेका देबहादुर बोहराले सुरु गरेको उक्त फर्ममा अहिले ४ जना युवालाई रोजगारी दिईएको छ । सञ्चालक बोहराले भने ‘मेरा भाईहरु भारत जाँदै थिए मैले भने मिलेर यहीँ केही काम गरौँ तर के गर्ने भन्दा खासै मेसो मिलेको थिएन, युट्युब तिर खोज्दै जाँदा काजील पालन बारे थाहा पायँ र सुरुवात गरेको हुँ , अबको एक बर्षमा १० जनालाई रोजगारी दिने योजना छ ।’
प्रति कालीज भाले ३००० (तिन हजार)मा बिक्री गर्ने सञ्चालक बोहराले बताए । १ केजी भन्दा माथी तौल रहेका भाले तिन हजारमा बिक्री सुरु गरिएको छ । लगडाउनका कारण ब्यापार ब्यबसाय चौपट भएको बेला बोहराले भने नयाँ ब्यबसाय सुरु गरेका हुन ।
Sagan sahari bhawan nirman aayojana
अहिलेसम्म सम्म कुनै पनि ठाउँबाट अनुदान नलिएको  बोहराले बताए । उनले भने ‘ धेरै ठाउँबाट सहयोग गर्ने आशवासन आएको छ मैले सुरुमा आफै पनि लिने ईच्छा गरिन् अब फर्मको उद्धघाटन भयो बल्ल अनुदान स्वकार गर्ने तयारीमा छु ।’
Shaileshwori
Loading...