प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट : आज सुदूरपश्चिम र एपीएफ भिड्दै

Sayalb

काठमाडौं : प्रधानमन्त्री राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगितामा आज सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरी बल नेपालको विभागीय टीम एपीएफबीच प्रतिष्पर्धा हुँदैछ।

एपीएफ समूह ‘ए’ को विजेता हो भने सुदूरपश्चिम समूह ‘बी’ को उप-विजेता हो।

दाङको लमहीमा जारी प्रतियोगिता अन्तर्गत आज हुने पहिलो सेमिफाइनल खेल निकै रोचक हुने अनुमान गरिएको छ।

दुवै टोलीले फाइनलमा स्थान बनाउन सक्दो मेहनत गर्ने जनाएका छन्‌। खेल केही बेरपछि ९:३० बजे देउखुरी मैदानमा शुरू हुनेछ।

Shaileshwori
Loading...