सुदूरपश्चिम : तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

कैलाली : सुदूरपश्चिम प्रदेशमा मन्त्रिमण्डल विस्तार गरिएको छ । प्रदेश सरकारमा शनिवार ३ जना मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीका २ र नेपाली काँग्रेसका १ जना मन्त्री नियुक्त गरेका हुन् ।

Sayalb

आन्तरिक मामिला तथा कानून मन्त्रीमा काँग्रेसका तर्फबाट पृथ्वी सिंह, सामाजिक विकास मन्त्रीमा माओवादीका तर्फबाट झपट साउँद, वन मन्त्री रमेश धामी र वन राज्यमन्त्रीमा गीता मालले शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख देवराज जोशीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।

Shaileshwori
Loading...