हाम्राे बारेमा

मुलुक कम्युनिकेसन प्रा.लि. डोटी द्वारा सञ्चालित मुलुक न्युज डटकम सुदूरपश्चिम प्रदेशको डोटी जिल्लालाई केन्द्र बनाइ मूख्यगरी सुदूरपश्चिम प्रदेश र देशका समाचार पाठकका बिचमा सत्य र छिटो खबर पुर्याकउने उद्देश्य हो ।
राष्ट्रियता, लोकतन्त्र जनजीविकाका सवाल उठाउनु प्रमुख हाम्रो जिम्मेवारी हो । आम निमुखा सर्वहारा वर्गका सवाल बहस चर्चा र रूपान्तरणको विषय बनाउनु हाम्रो दायित्व हो । सत्ता र शक्ति भन्दा बाहिर रहेका परिवर्तनकारी निर्भीक बिचारलाई स्थापित गर्ने नीति निर्मातालाई आलोचनात्मक सहयोग र समर्थन गर्दै समाज रूपान्तरणमा योगदान गर्ने हाम्रो हेतु हो ।
जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलन मार्फत जनताको वलिदानीको जगमा स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा मानवअधिकार, सुशासन, समानता, समान सहभागिताका लागी निरन्तर पैरवी गर्नु हाम्रो दायित्व सम्झेका छौँ । हाम्रा सामाग्रीहरु कसैप्रति आग्रह पूर्वाग्रहका आधारमा हुने छैनन् समाज रूपान्तरणमा अवरोध गर्ने हरू प्रति लक्षित हुनेछन् ।

प्रविधिको विकाससँगै पत्रकारिता पनि प्रविधिमैत्री बन्नु आवश्यकता नै बन्यो सोही अनुरूपमा छापा र इलेकट्रोनिक्स मिडियाबाट नयाँ सशक्त सञ्चार माध्यम बनेर अनलाइन मिडिया आएको छ । सबै भन्दा छिटो विश्वसनीयता सहित पढेन, हर्ने र सुन्न पाउने विशेषता भएका अनलाइन स्थापना हुँदै गएका छन् । इन्टरनेटका प्रयोगकर्ताको संख्याबृद्धी भएसँगै यसका पाठक, श्रोता दर्शकहरूका सङ्ख्या क्रमशः बढ्दो क्रममा छ त्यसैले यसको दायरा फराकिलो बन्दै गएको छ ।
हामीले मुलुक न्युज डटकमका सबै मुलुक टिभी पनि सञ्चालनमा ल्याएका छौँ बिशेषगरि युट्युबमा हेर्न पाइने यो च्यानल मोफसलका विषयवस्तु (श्रब्यदृश्य) मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्या्उने हाम्रो कोसिस रहनेछ । पाठकको रुचि चाहाना हाम्रो पहिलो प्राथमिकतामा हुनेछन् । यहाँहरूको सुझाव सल्लाह र प्रतिक्रियाको सधैँ अपेक्षा गरेका छौँ ।
धन्यवाद ।
