जुवा खेलेकाे आरोपमा १० पक्राउ

२९ कात्तिक, डाेटी । कैलालीमा प्रहरीले जुवातास खेलेको आरोपमा १० जना पक्राउ परेका छन् ।

Sayalb

जिल्लाको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित सैनिक होटलमा जुवातास खेलिरहेका स्थानीय ४७ वर्षीय नमराज विष्ट सहितका १० जनालाइ पक्राउ परेका छन् । उक्त स्थानमा जुवा भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट ६० हजार १७५ रुपैयाँ नगद र एक बुक तास बरामद गरेको जनाएको छ ।  घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Shaileshwori
Bolpatra
Loading...