
२७ कात्तिक, डोटी । लामो समयदेखि फरार रहेका कञ्चनपुरका एक प्रतिवादी पक्राउ परेका परेका छन् ।

जिल्लाको भिमदत्त नगरपालिका-७ हल्दुखालका ६३ बर्षीय कर्ण बहादुर धानुकलाई बिहिवार जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार पक्राउ गरेको हो । धानुकलाइ जिल्ला अदालत कञ्चनपुरको २०७५ साल माघ २९ गते अवैध वन पैदावार मुद्दामा कसुरदार ठहर गरेको थियो । उनलाइ ११ महिना चार दिन कैद सजाय तोकिएको थियो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार घानुक आफ्नै घर ठेगानाबाट पक्राउ
परेका हुन् ।

