

२५ कात्तिक, डोटी । हिन्दुहरुको दोश्रो ठुलो महान चाँड शुभ दिपावली, २०८३ अन्तरगत आज अर्थात् बुधवार भाईटिका परेको छ ।
पञ्चाङ्ग निर्णायक विकास समितिले गणना गरे अनुसार भाईटिकाको शुभसाईत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । भाइटिकाको साइत पश्चिम मोहडा अर्थात् दाजुभाईहरु पश्चिम पर्केर टिका थाप्ने र दिदिवहिनीहरुले पूर्व फर्केर टीका लगाइदिने साइत परेको समितिले जनाएको छ । बुधवारै यमद्वितीया पनि परेको छ ।
तोकिएको साईतमा टिका लगाउन नसक्ने दाजुभाई तथा दिदिबहिनीहरुले बुधवार दिनभरी जतिबेला पनि टिका लाउन सकिने समितिले जनाएको छ ।

