बैतडीका जीप दुर्घटनामा परी एकको मृत्यु

१९ कात्तिक, डोटी । बैतडीमा यात्रुवाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ ।

Sayalb

बुधवार साँझ डडेल्धुरा सदरमुकामबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको मेलौली नगरपालिका–१ को सौडानी खोलामा सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६३८ नम्बरको जीप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मंगोलाको मृत्यु भएको हाे । दुर्घटनामा गम्भिर घाइते भएकी सुनाको मेलाैली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परी जीपमा सवार अन्य ६ जना घाइते भएका छन्। घाइतेहरूलाइ उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । जीप सडकबाट करीव ३० मिटर तल खसेकाे छ ।

Shaileshwori
Bolpatra
Loading...