
१७ कात्तिक, डोटी । मंगलवार बिहान दुइ हेलिकप्टर आपसमा ठाेक्किएर दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले दिएको जानकारी अनुसार दुर्घटनामा परी भारतको तमिलनाडु राज्यको चेन्नाईका ४७ वर्षीय वसन्तकुमार बालारामाडु मृत्यु भएको पुष्ठि भएकाे छ । दुर्घटनामा परी न्युजिल्याण्ड नागरिक ४९ वर्षीय सेलियसकुमार पटेल घाइते भएका जिल्ला प्रहरी कार्यालय, साेलुखुम्वुका प्रहरी निरीक्षक मौसम तामाङ वताउँछन् । घाइतेलाई उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएकाे छ ।
मंगलबार बिहान फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा ल्याण्डिङको क्रममा ठोक्किएर दुर्घटनामा परेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले फेरिचे हेलिप्याडमा अवतरणको क्रममा दुई हेलिकोप्टरको पंखा ठोक्किएर दुर्घटनामा परेको हो ।

