

३० कात्तिक, डोटी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ नर्पता गिरीले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् ।
कञ्चनपुर घर भएकी नेतृ गिरीले आफुले २०८१ साल फागुन ६ गते लिएको पार्टी सदस्यता परित्याग गरेको वताएकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन् ‘२०८१/११/६ गते राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य लिएको म नर्पता गिरि आजका मितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी छोडेको जानकरी गराउदछु ।’
रास्वपाको सदस्यता आफ्नो जीवनमा राजनीतिक दलको पहिलो पार्टी सदस्यता भएको उनकाे दावी छ । ‘मेरो सानो योगदानले पनि देश बन्छ भन्ने विश्वासले मात्र म जोडिएकी थिएँ’ पार्टीको महाधिवेशन प्रतिनिधि समेत रहेकी गिरी भन्छिन् ‘तर यहाँको नेतृत्वले त्यो विश्वास टिकाउन सकेन, जनतालाई भ्रममा राख्ने काम मात्र भइरहेको छ ।’
पार्टीमा नेता मात्रै बन्ने तर काम कसैले नगर्ने अवस्था रहेको उनको आरोप छ । कुरा सबैका ठूला, काम भने शून्य देखिएकोले यस्तो अवस्थामा आफु चुप लागेर बस्न नसकेको उनको भनाई छ । उनी थप्छिन् ‘जनताका आकांक्षा धेरै छन्, जनताले परिवर्तन चाहेका छन्, जनताले मलाई पनि सोधिरहेका हुन्छन् के हुँदैछ भनेर, तर यहाँको नेतृत्वले त्यो भरोसाको सम्मान गर्न सकेन ।’ पार्टी छोड्नुको कारण यही भएको उनी वताउँछिन् । उनले अव आफु कुनै पार्टीको सदस्य नभएर एक स्वतन्त्र नागरिक भएर बस्ने वताईन् ।
गिरीले पार्टी परित्यागको घोषणा गरेपछि रास्वपा कार्यकर्ताहरुले उनलाई स्वार्थी भएको आरोप लगाएका छन् । तर, गिरीले आफ्नो कुनै स्वार्थ नभएको वताएकी छन् । ‘म स्वार्थी हो भने निकट भविष्यमा स्थानीय तहको निर्वाचन हुँदैछ, त्यसमा भाग लिनुपर्ने हो मैले’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ‘तर मलाई जे नेतृत्वमा भइरहेको छ त्यो ठिक लागेन, त्यसैले पार्टी त्याग गरे ।’ देश बनाउन पद र पार्टी होइन, इमानदार कर्म उनको भनाई छ ।

