
३० कात्तिक, डाेटी । प्रहरीले बेवारिसे अवस्थामा रहेकाे एक भरुवा बन्दुक फेला पारेका छ।

जिल्ला प्रहरी कार्यालय, डाेटीले दिएकाे जानकारी अनुसार साेमवार दिउसाे दिपायल सिलगढी नगरपालिका-७, उडिताेला क्षेत्रमा भरूवा बन्दुक फेला पारेका हाे । प्रहरी नायम निरीक्षक भान बहादुर चन्दको कमाण्डमा गस्ती खटिईएको प्रहरी टाेलीले उडितोलास्थित अछाम-धनगढी सडक खण्डको भिरालो जमिनमा उक्त बन्दुक फेला पारेकाे हाे । प्रहरीले उक्त बन्दुक नियन्त्रणमा लिई सो सम्बन्धी थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रणवहादुर चन्दले जानकारी दिए ।

