
३० कात्तिक, डोटी । बझाङमा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

साेमवार बिहान जिल्लाको बुंगल नगरपालिका–१०, टुमेडामा भीरबाट अटाे खस्दा बुंगल नगरपालिका–१० की ४० वर्षीया राजमति महरा, १६ वर्षीया तारा महरा, ६ वर्षीया डल्ली महरा र चार वर्षीय रियास महराको मृत्यु भएकाे हाे । बुंगल नगरपालिकाको टुमेडा गाउँबाट साेही नगरपालिकाको हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ह ७९९८ नम्बरको अटो दुर्घटना भएको थियो । ब्रेक फेल भई अटो सडकबाट अन्दाजी ९०० मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेकाे अटोका चालक बुंगल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । घटनावारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

