
नारद नेपाली/डोटी – नेकपा माओवादीका नेता तथा पुर्वीचौकी गाँउपालिका कमिटी सचिव टिका सिं ओली एमालेमा प्रवेश गरेका छन् ।


नेकपा एमाले सुदूरपश्चिम प्रदेश स्तरीय स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमको अवसरमा उनी नेकपा एमालेमा प्रवेश गरेका हुन् । त्यस्तै सोहि कार्यक्रममा माओवादीका भुमिगत योद्धा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य भरत बोहरा, लगायत दजैनौ कार्यकर्ता एमालेमा प्रवेश गरेका एमाले पार्टी कार्यलय डोटीले जानकारी दिएको छ ।
