एमाले डोटीको जिल्ला कमिटी बैठक सम्पन्न

तेजु ओली/डोटी -नेपाल कम्युनिस्ट पार्टी (एमाले) डोटीको जिल्ला कमिटी बैठक सम्पन्न भएको छ ।

स्थानीय तहको आसन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न नेकपा एमालेको जिल्ला कमिटी बैठक सम्पन्न भएको हो । स्थानीय तहको चुनाबमा नेकपा एमाले लाइ बिजय गराउन , पाटीको आन्तरिक उम्मेदवार को विवादलाई सहज परिस्थितिमा ल्याउन मदत पुर्याउने उद्देश्य बोकेर पार्टी लाई एकताबद्ध बनाउन, बिभाग हरु तयार गर्न,हाल सम्म स्थानीय तहका प्रमुख उप प्रमुख,वडा अध्यक्ष हरु को टुंगो लागेका उम्मेदवार को रिपोटीङ लगायतका प्रस्तावहरु पारित गर्दै बैठक सम्पन्न भएको पाटी का डोटी इन्चार्ज गौरी ओली ले बताउनुभयो ।

Sayalb

बैशाख ७ गते सम्म सबै वडा का पदाधिकारी को टुंगो लगायर जिल्ला पठाइसक्नु पर्ने गाउँ पालिका अध्यक्ष उपाध्यक्ष को लागि सके सहमति नसके प्रदेश पठाउने गरि जिल्ला पठाउन समेत उहाँले निर्देशन दिनुभयो थियो।

नेकपा एमाले को भबिश्य निर्धारण गर्ने गरी हुन लागेको स्थानीय तहको चुनाबमा थुप्रै चुनौती भएकाले कार्यकर्ता लाइ खटेर लाग्न नेकपा एमाले डोटी का अध्यक्ष चक्र मल्ल ले निर्देशन दिनु भएको थियो। नेकपा एमाले एका तिर अन्य पाटी अर्को तिर भएर लडिरहेको बेला पालिका कमिटी ले खटेर लाग्नु पर्ने बताउनु भयो। पाटी ले उम्मेदवार बनाउदा बिभिन्न नियम बनाएकाले उक्त नियम बमोजिम उम्मेदवार दिन अनुरोध गर्नु भएको थियो। जनताको माग अनुसार उम्मेदवार बनाउनु पर्ने बताउदै बिना बिबाद सहज तरिकाले उम्मेदवार बनाउन अध्यक्ष चक्र मल्लले निर्देशिन दिनुभएको थियो ।

आज जिल्ला सदरमुकाम सिलगढी मा रहेको दिपायल सिलगढी नगरपालिका को सभाहलमा सबै पालिका का कमिटी हरुका अध्यक्ष उपाध्यक्ष, जिल्ला कमिटी सदस्य लाइ केन्द्रीय कमिटी र प्रदेश कमिटी बाट आएका निर्देशन हरु निर्देसित गरेको थियो। पाटिका निति नियम पालना गर्न र पाटीको चुनाबी प्रशिक्षण कार्यक्रम ले नेता तथा कार्यकर्ता थप जागरुक र जिम्मेवार भएर काम गर्ने नेताहरुले बताएका थिए।

Shaileshwori
Bolpatra
Loading...