डोटीको पुर्बिचौकीमा प्रशासनद्धारा बजार अनुगमन

गणेश मौनी
साउन २५, डोटी
जिल्ला प्रशासन कार्यालय डोटीको नेतृत्वमा बुधबार डोटीको पुर्बिचौकी गाउँपालिकाको केही स्थानहरुमा संयुक्त रुपमा बजार अनुगमन गरिएको छ ।
पुर्बिचौकी गाउँपालिकाको शान्तिनगर, साजघाटमा क्षेत्रमा गरिएको अनुगमन टोलीले २० हजार ३ सय ७० रुपयाँ बराबरको म्याद गुज्रेका खाद्य सामाग्रिहरु बरामत गरि नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ ।

उपभोक्ताहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै बजारमा हुने गरेको कालोबजारी, नियम बिवरीत मुल्य, म्यान नाघेका चिजबस्तुहरुको नियन्त्रण गर्नका लागि बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय डोटीकी प्रशासकीय अधिकृत एवं अनुगमन टोली संयोजक रमा कुवँरले बताईन् । उनले भनीन अनुगमन कार्य नियमीत रुपमा हुदाँ कालोबजारी नियन्त्रण हुने बताईन् । बजार अनुगमनका कम्रमा खाद्य पर्दाथ सुजी, मसालाहरु, दालमटहरु, पेय पदार्थ प्राय बढीमात्रामा म्याद गुज्रेका भेटीने गरेका प्रशासकीय अधिकृत कुवँरले बताईन् ।

Sayalb

ग्रामीण क्षेत्रमा कालोबजारीको रुपमा कुनै पनि ब्यापारीले नियमन बिपतीत डीजेल, पेट्रोल बिक्री बितरण गर्न पाउदैन । सो विषयमा पनि ब्यापारीहरुलाई सम्झाई बुझाई गरेको र आगामी दिनमा त्यस्तो भेटीएमा कानुन बमोजिम कडा कारबाही जानकारी गराएको बताईन् ।

संयुक्त अनुगमन टोलीले खाद्य सामाग्रिको म्याद, गुणस्तर, नापतौलको अवस्था, ब्यवसायीकले सम्बन्धीत निकाएमा दर्ता आबद्धता कागजातहरु सबैले देख्ने गरि राख्ने गरे नगरेको, ब्यवसायको नाम,मुल्यसुची हेर्नुका साथै नभएको ब्यवसायीलाई राख्न निर्देशन गरिएको थियो ।

प्रशासन कार्यालयको नेतृत्वमा गरिएको संयुक्त अनुगमन कार्यमा प्रहरी, प्रशासन, गुणस्तरीय तथा नापतौल कार्यालय, खाद्य नियन्त्रण तथा गुण नियन्त्रण डिभिजन, स्वास्थ्य कार्यालय, पत्रकार, उद्योग बाणीज्य संघ, साना तथा घरेलु उद्योग बिकास कार्यालय लगाएको सहभागिता रहेको थियो ।
वर्षको एक पटक चाडबाडको समयलाई लक्षित गर्ने गरेको बजार अनुगमन कार्य यस वर्ष भने ग्रामीण क्षेत्रहरुमा नियमीत रुपमा भईरहेको छ ।

Shaileshwori
Bolpatra
Loading...