
कमला कुवर, डोटी
डोटीमा क्रियाकलापमा आधारित बालमैत्री शिक्षण सम्बन्धी ५ दिने तालिम सुरु भएको छ । जिल्लाको दिपायलमा शिक्षकहरूका लागि ५ दिने तालिम सुरु हो ।

समान पहुँच विकास केन्द्र सिड नेपाल डोटीको आयोजनामा बोगटान फुड्सिल गाउँपालिकाका शिक्षकहरूलाई तालिम सञ्चालन गरिएको हो । बालमैत्री सिकाइ र शिक्षण गर्न तालिमले सहयोग गर्ने समान पहुँच विकास केन्द्र सिड नेपाल डोटीका अध्यक्ष यज्ञराज जोशीले बताउनु भयो । तालिममा विद्यालयका प्रधानाध्यापक र शिक्षकको सहभागिता रहेको छ ।
शिक्षण सिकाइ कार्यकलापमा आधारित बालमैत्री शिक्षण सिकाइ सम्बन्धी तालिम दिइने तालिमका प्रशिक्षक इन्द्र पाण्डेले बताउनु भयो । शुक्रवार वाट सुरु भएको तालिम मङ्गलवार सम्म सञ्चालन हुनेछ ।

