भित्ते पत्रिका लेखन तालिम सुरु

Sayalb

२० असार, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकामा भित्ते पत्रिका लेखन समव्धी तीन दिने तालिम सुरु भएको छ ।
युएमएन एमडिटी सुदूरपश्चिम प्रदेश क्लष्टर, बुडर डोटीको आयोजनामा शनिबार सुरु भएको तालिममा गाउँपालिकाभित्रका १८ बालबालिका र ६ शिक्षक गरी २४ जनाको सहभागिता रहेको छ । भित्ते पत्रिकाको माध्यमबाट बालबालिकाहरुलाई अतिरिक्त क्रियाकलापमा रूची अभिबृद्धि गर्ने उद्देश्यका साथ उक्त तालिम आयोजना गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।
तालिमको पहिलो दिन सहभागीहरुलाइ पत्रकारिता र भित्ते पत्रिका लेखन सम्वन्धी सैद्धान्तिक ज्ञान दिईएको युएमएनका प्रतिनिधि लक्ष्मी कलेल साउँदले बताइन् । तालिमको सञ्चालन युएमएनको बालबालिका उत्थानशील विकास परियोजना (कर्ड) का सामाजिक परिचालक अनिल बमले गरेका थिए । सामाजिक परिचालक बमका अनुसार
तालिमको सहजीकरण पत्रकार तथा अधिबक्ता रामहरि ओझाले गरिरहेका छन् ।

Shaileshwori
Loading...