
असार ९, डोटी । बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ सातफरीले लक्षित बालबालिकाहरूलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । मङ्गलवार एक कार्यक्रमको आयोजना गरी वडा भित्रका लक्षित बालबालिका/दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

कक्षा १ देखि कक्षा १० सम्मका एक सय २६ जनालाई शैक्षिक सामग्री वितरण गरिएको वडा सदस्य रतन कामीले जानकारी दिए । वितरण गरिएको सामग्रीमा कक्षा ५ देखि १० कक्षासम्मका विद्यार्थीलाई प्रति विद्यार्थी एक झोला, पाँच कपी र पाँच डट्पेन तथा बाल विकास देखि कक्षा ५ सम्मका विद्यार्थीहरूलाई प्रति विद्यार्थी चार ओटा कपी र पाँच ओटा डट्पेन सहयोग वितरण गरिएको छ ।
वडा कार्यालयको सहयोग कार्यक्रम अन्तरगत दलित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गएको हो । शैक्षिक सामग्रीले बालबालिकाको पढाइमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
