सुदूरपश्चिममा एक महिनामा ३२० अपराधिक घटना भए

१२ कात्तिक, डोटी । असोज महिनामा सुदूरपश्चिम प्रदेशमा तीन सय २० अपराधका घटना भएका छन् ।

Sayalb

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले दिएको जानकारी अनुसार यस अवधीमा ६१ वटा ज्यान सम्वन्धी कसुर भएका छन् । यस्तै, चोरीका २०, आत्महत्याका ५१, संगठित तथा आर्थिक अपराध ११, सामाजिक अपराध ४४, महिला तथा बालबालिका सम्वन्धी अपराध २७ र सवारी ज्यान सम्वन्धी १५ घटना भएका छन्र । प्हरीका अनुसार अन्य अपराधका ९१ वटा घटना भएका छन् ।

एक महिनाको अवधीमा लागु औषाध सम्वन्धी ४७ मुद्धा दर्ता भएका छन् । यि मुद्धामा संलग्न भएको आरोपमा प्रहरीले एक महिला सहित ८४ जनालाइ पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ परेका व्यक्तिहरूबाट एक ९० ग्राम, १२७ मिलिग्राम चरेश, एक सय २४ ग्राम, ७०० मिलिग्राम खैरोहेरोइन र ६ सय २१ ट्याव्लेट (फेनारगन, स्पास र ट्रमाडोल समेत) प्रहरीले बरामद गरेको छ ।

Shaileshwori
Bolpatra
Loading...