
जेठ २६ डोटी । डोटीबाट प्रकाशन हुने बिम्ब साप्ताहिक पत्रीकाका सम्पादक रामहरी ओझालाई पितृ शोक परेको छ । पत्रकार ओझाका बुवा दिर्घराज ओझाको ९१ वर्षको उमेरमा निधन भएको हो ।

परिवारिक स्रोतका अनुसार दिर्घराजकाो मंगलबार साँझ कैलालीको मालाखेतीस्थित आफ्नै निवासमा निधन भएको हो । वि.सं. १९९२ बैशाख १८ गते जन्मिएका ओझाको वि.सं. २०८३ जेठ २६ गते निधन भएको हो । बुवाको निधन भएपछि पत्रकार ओझाले समाजिक सञ्जालमा लेखेका छन्, “बरु आधा रोटी खानु, तर बेइमानी नगर्नु । पिता जीको यो शिक्षा सधैं सम्झिरहने छु । आजदेखि म टुहुरो भएँ ।”
