वनभोज खानेहरूको रोजाइमा मिनी खप्तड

मोहन ठकुल्ला, डोटी
डोटीको बगलेक (मिनी खप्तड) वनभोज खानेहरूको रोजाइमा परेको छ । हिन्दु नेपालीहरूको दोस्रो ठुलो चाड तिहारमा देउसी भैलो खेल्दा सङ्कलन भएको रकमले वनभोज खानेहरू  बगलेक रोज्न थालेका छन् । पूर्वीचौकी गाउँपालिका वडा नम्बर २ मा रहेको बगलेक जिल्ला सदरमुकाम सिलगढीबाट करिब ९/१० किलोमिटर टाढा छ । खप्तडको प्रवेशद्वारमा रहेको बगलेकमा खप्तडको झल्को दिने फाट रहेका छन् । बगलेक  एकान्त अनि रमणीय ठाउँभएकाले वनभोज खानेहरूको रोजाइमा परि रहेको छ । शुक्रवार बगलेक वनभोज खानेहरूका कारण भरिभराउ देख्न सकिन्थ्यो । बगलेक क्षेत्रको छेउमा वाराही मन्दिर पनि रहेको छ ।
Sayalb
बगलेक पुग्ने आन्तरिक पर्यटकहरू वाराही देवीको पूजा गर्ने गर्दछन् । खप्तड पुग्न नसक्ने धेरै जसोहरु बगलेक गएर खप्तडको प्यास मेटाउने गर्दछन् । विशेष गरेर दिपायल सिलगढी नगरपालिका र पुर्विचौकी गाउँपालिका स्थानीय धेरै पुग्ने बगलेकमा प्रायः डोटीका विभिन्न स्थानीय तह तथा जिल्ला बाहिरबाट समेत पर्यटक आउने गरेका छन् । प्रदेश सरकारले झिग्रानासम्म सडक कालोपत्रे गरिदिएपछि बगलेक पुग्न सहज भएको छ । पक्की सडक बनेका कारण बगलेक  पुग्ने पर्यटक बढेको गाडी चालक शङ्कर बोहराले बताए ।
बगलेक पर्यटकको रोजाइमा परेको भए पनि सरसफाइ प्रमुख चुनौती बनेको छ । पर्यटकको चहलपहल बडेसँगै फोहोर व्यवस्थापन नहुँदा बगलेक कुरूप बन्ने सम्भावना बढेको स्थानीय व्यवसायी हिरा बहादुर श्रिमालले बताए । आन्तरिक पर्यटकको रोजाइमा परेको बगलेकको विकासका लागि सरोकारवालाले पर्याप्त कार्य नगरेको वडा नम्बर २ का स्थानीय दिल बहादुर साउदले बताए । अझै सरोकारवालाले ध्यान नदिए मैन बत्ती जलाए झैँ हुने उनको भनाइ छ ।
Shaileshwori
Bolpatra
Loading...