डोटीमा चितुवाको आक्रमणबाट ५ जना घाइते

Sayalb

सिलगढी : डोटीमा चितुवाको आक्रमणमा परि ५ जना घाइते भएका छन् । मंगलबार साँझ साढे ५ बजेको समयमा जिल्लाको पुर्विचौकी गाउँपालिका वडा नम्बर ५ बटाला गाउँका ५ जना चितुवाको आक्रमणबाट घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक लक्ष्मीराज जोशीका अनुसार घाइते हुनेमा ४५ वर्षियासरु देवी बटाला, उनका ४ वर्षका नाति सिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षिय लालि गिरी र १० वर्षिया हसिना गिरी रहेका छन् ।
बालक सिद्ध बटाला घरको आगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको उहाँकी आमा सारदा देवी बटालाले बताउनुभयो । बच्चा चिच्याएपछि आफुहरुले तितुवालाइ हल्लाखल्ला गरेर लखेटेको उहाले बताउनुभयो । त्यहाँ भागेको सोही चितुवाले घरभन्दा केही पर त्यसैबेला गोठालोबाट घर फर्किदै गरेका सरु, लालि, हसिना र पुस्पालाइ पनि आक्रमण गरेको थियो । सुरुमा चितुवाले खुट्टामा टोकेको र हसियाले हान्दा हातमा पनि टोकेको घाइते पुस्पा गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, त्यसपछि म बेहोस भैहाले के भयो मलाई थाहा नै भएन ।
घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल डोटीमा ल्याइएको छ । घाइते सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।साथै चितुवाले शारदा देवी बटालाको एक बाख्रालाई समेत आक्रमण गरेको बताईएको छ ।

Shaileshwori
Loading...