शिखरमा निशुल्क स्वास्थ्य शिविर सन्चालन हुने

Sayalb

सुबास नेपाली, डोटी
डोटीको शिखर नगरपालिकामा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने भएको छ। डोटी स्थित नेपाली सेनाको भैरव प्रसाद गणको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल डोटी, डिभिजन वन कार्यालय र कृषि ज्ञान केन्द्र डोटी, परिवार नियोजन संघ डोटी शाखाको सहकार्यमा शिविरको आयोजना गरिन लागिएको हो । शिखर नगरपालिका ११ को बारपाटामा एकदिने स्वास्थ्य शिविरका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम गर्न लागिएको भैरव प्रसाद गणका नागरिक समन्वय अधिकृत सेनानी सुजन थापाले जानकारी दिनुभयो ।
चिसो मौसमका कारण विशेष गरेर बृद्ध,नबजात शिशु सुत्केरी महिलाहरुलाई विभिन्न स्वास्थ्य समस्या देखिने भएका कारण उनिहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उक्त शिविरको आयोजना गरिएको सेनानी थापाले बताउनुभयो।
उक्त कार्यक्रममा शिविरका साथ साथै प्रजनन स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम,कृषि सम्बन्धि जनचेतनामूलक कार्यक्रम र बिउ बिजन बितरण,माटो सुहाउँदो विभिन्न प्रजातिका फलफूलका बिरुवा बितरण,किशोरीहरुका लागी आत्मरक्षा तालीम ,स्थानीय कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम ,हानिकारक प्रथा परम्परा सम्बन्धि जनचेतना मुलक सडक नाटक र नेपाली सेना सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरिने समेत सेनानी थापाले जानकारी दिनुभयो ।
कार्यक्रम पौष २५ गते सोमबार बिहान ९ बजे देखी ५ बजे सम्म संचालन हुने भैरव प्रसाद गणले जनाएको छ।

Shaileshwori
Loading...