नेकपाले स्थानीय तहलाई जनताको पक्षमा काम गर्न खबरदारी गर्ने

गणेश मौनी

फागुन ८, डोटी 

नेपाल कम्युनिस्ट पार्टी डोटीले जनताको पक्षमा काम गर्न स्थानीय तहहरूलाई खबरदारी गर्ने बताएको छ । आइतबार नेपाल कम्युनिस्ट पार्टी डोटी दक्षिण जिल्ला समितिको सम्पन्न बैठकले विभिन्न निर्णयहरू गर्दै स्थानीय तहलाई जनताको पक्षमा काम गर्न खबरदारी गर्न दबाब दिने नेपाल कम्युनिस्ट पार्टी डोटीका जिल्ला इन्चार्ज विमल धामीले बताए ।

Sayalb

उनले भने स्थानीय सरकारले जनताको हक हित र पक्षमा काम गर्नुपर्छ, सुशासन, पारदर्शिता, जवाफदेशीता ल्याउनु पर्छ, जनताको करबाट उठेको रकमको सही सदुपयोग गर्नु पर्छ हामीहरू पनि त्यसको प्रत्यक्ष निगरानीमा हुने बताए ।

स्थानीय निकायलाई जनताको पक्षमा काम गर्न पालिकालाई ज्ञापन पत्र बुझाउने, लघु वित्तको ज्यादतीमा सङ्घर्ष गर्ने, स्थानीय तहका काम कारबाहीको अनुगमन गर्ने, बैङ्कको चर्को ब्याज घटाउन दबाब गर्ने  लगायतका आगामी कार्यक्रम रहेको समेत जिल्ला इन्चार्ज धामीले बताए ।

नेपाल कम्युनिस्ट पार्टी डोटी दक्षिण जिल्ला समितिका सेक्रेटरी कृष्ण बोहराको अध्यक्षतामा बसेको बैठकमा डोटी जिल्ला इन्चार्ज विमल धामी लगायतका जिल्ला पदाधीकारीहरुको सहभागिता रहेको थियो । बैठक डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर २ खँड्यौलीमा भएको थियो ।

Shaileshwori
Loading...