

बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी डोटीले यस अघी बुझाएको १२ बुंदे ज्ञापनपत्रको बेस्वाता गरेको भन्दै बडीकेदार गाउँपालिकामा तालाबन्दी गरेको छ । समाजिक सुरक्षा सहित जनताका संबेदनशिल मागहरु राखेर २०७९ फागुन १२ गते गाउँपालिकामा बुझाए पनि गाउँपालिकाले बेवास्ता गरेको भन्दै तालाबन्दी गरिएको नेकपा डोटीले जानकारी दिएको छ ।
सामाजिक सुरक्षा भत्ता लगायतका समस्याहरू समाधान गर्नुपर्ने माग नेकपाले राखेको छ । बुधबार दिउँसो नेकपाले तालबन्दी गरेको हो ।
