सुदूरपश्चिम प्रदेशभरीमा उत्कृष्ठ बन्यो डोटी जिल्ला अस्पताल

७ मंसिर, डोटी । सेवा प्रवाहमा डोटी जिल्ला अस्पताल सुदूरपश्चिम प्रदेशमैै उत्कृष्ट भएको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, डोटी गरेको आर्थिक बर्ष २०८२/०८३ को मुल्याङ्कन अनुसार प्रदेशभरीका अस्पतालहरु मध्ये डोटी अस्पताल उत्कृष्ट घोषित भएको हो । स्वास्थ्य क्षेत्रमा न्यूनतम सेवा गुणस्तर मापदण्ड (एमएसएस) मूल्यांकनका सूचकका आधारमा डोटी जिल्लालाई उत्कृष्ठ घोषणा गरिएको निर्देशनालयले जनाएको छ ।
प्रदेशभरीका जिल्ला अस्पताल तथा जिल्लास्तरका प्राथमिक अस्पतालमध्ये जिल्ला अस्पताल डोटी प्रथम भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्रबहादुर बमले जानकारी दिए ।
आईतवार सम्पन्न स्वास्थ्य कार्यक्रमहरूको तीन दिने प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीमा डोटी जिल्ला अस्पताललाई उत्कृष्ठ घोषणा गरिएको हो ।
प्रदेशकै उत्कृष्ट अस्पताल बन्न सफल भएपछि जिल्ला अस्पताल डोटीका अध्यक्ष भरत बोहराले आगामी दिनमा अस्पताललाई थप सुविधा सम्पन्न बनाउँदै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने र हरेक वर्ष उत्कृष्ट स्थान हासिल गर्ने लक्ष्य रहेको बताए ।
अस्पतालको मूल्याङ्कनमा बझाङ जिल्ला अस्पताल दोस्रो र बैतडी जिल्ला अस्पताल तेस्रो भएको छ । प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट हुने तीन वटै अस्पताललाई सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापाले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्दै सम्मान गरेकी हुन् ।

Sayalb

स्वास्थ्य कार्यालयहरुमा कैलाली उत्कृष्ठ
निर्देशनालयले गरेको सुदूरपश्चिम प्रदेशका स्वास्थ्य कार्यालयहरूले मुल्याङ्कन अनुसार स्वास्थ्य कार्यालय कैलाली प्रदेशभरीमै उत्कृष्ट भएको छ ।
स्वास्थ्य क्षेत्रमा न्यूनतम सेवा गुणस्तर मापदण्ड मूल्यांकनका सूचकका आधारमा प्रदेशभरीका स्वास्थ कार्यालयमध्ये कैलाली प्रथम भएको स्वास्थ्य निर्देशक डा. बमले जानकारी दिए । त्यसैगरी मूल्यांकनमा बझाङ स्वास्थ्य कार्यालय दोस्रो र दार्चुला स्वास्थ्य कार्यालय तेस्रो भएको छ ।
प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट हुने तीनवटै स्वास्थ्य कार्यालयलाई सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै सम्मान गरेकी हुन् ।
यो उपलब्धि हासिल गर्न अहोरात्र खटिने स्वास्थ्यकर्मी, स्थानीय तह, सञ्चारकर्मी, सरकारी–गैरसरकारी संस्थालाई स्वास्थ्य कार्यालय, डोटीले धन्यवाद व्यक्त गरेको छ ।

Shaileshwori
Bolpatra
Loading...