भ्रष्टाचार नियन्त्रणमा प्रधानमन्त्रीले खोजे जनयुद्धमा जस्तै जनताको साथ

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताउँदै त्यसका निम्ति जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको बताएका छन् ।

मंगलबार काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको शिलान्यास गर्दै प्रचण्डले विकास र समृद्धि बिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने बताए । ‘त्यसका लागि तपाईँहरूबाट हिजोको जस्तो साथ सहयोग आवश्यक छ । म तपाईँहरूसँग अपिल गर्न चाहन्छु, सहयोग गर्नुहोस् ।’प्रधानमन्त्री प्रचण्डले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्त्व दिएको पनि बताए । ‘अन्यायमा परेकालाई न्याय चाहियो । समानता चाहियो ।

Sayalb

तिनिहरुलाई पनि अधिकार चाहियो । सामाजिक न्याय भनेको त्यही हो । सुशासन भनेको हाम्रो देशमा विसंगति, विकृति र भ्रष्टाचारले विकराल रूप लिएको छ । जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन्’, प्रधानमन्त्रीको भनाइ छ ।

सबैको साथ र सहयोगसहितको प्रतिबद्धता पाए अबका ५ वर्षमा एउटा रेकर्ड बनाउने प्रचण्डको विश्वास छ । प्रधानमन्त्रीले लोडसेडिङको युगबाट विद्युत् बिक्री गर्ने युगमा आएको बताउँदै आसन्न भारत भ्रमणमा बिद्युत् बिक्री र उत्पादनका विषयहरुमा केही नयाँ सहमति सम्झौता हुने स्थिति रहेको जानकारी दिँदै यो सबै नेपालीका निम्ति खुसी र गर्वको कुरा भएको बताए ।

Shaileshwori
Loading...