प्रदेश प्रमुखको कार्यालय अगाडी कालोपट्टी बाँधेर धर्ना

 गेटामा विश्वविद्यालयको माग राख्दै आज (मङ्गलवार) प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिइएको छ।

Sayalb

विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सचिव धर्मसिंह कुँवरले आज बिहान १०ः३० बजेबाट प्रदेश प्रमुखको कार्यालय अगाडी मुख र आँखामा कालोपट्टी बाँधेर धर्ना सुरु गरेको बताए। सरकारले गत माघ २९ गते गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो।

सरकारले जेठ ५ गते ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि गेटामा विश्वविद्यालय सञ्चालनका लागि ऐन तर्जुमा गर्ने र विश्वविद्यालय सञ्चालनमा ल्याइने उल्लेख थियो। तर, जेठ १५ मा ल्याइएको बजेटमा गेटामा एक सय शय्याको अस्पताल र प्रतिष्ठान चलाउने कुरो आएपछि सुदूरपश्चिममा आन्दोलन थालिएको थियो।

Shaileshwori
Bolpatra
Loading...