बोगटानको सिमचौरमा परिवार नियोजन शिविर सञ्चालन

डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ सिमचौरमा परिवार नियोजन शिविर सञ्चालन गरिएको छ । सोमवार युएन डोटी कलष्टर र सिड नेपाल डोटीको सहयोग तथा वडा कार्यालयको सहकार्यमा निःशुल्क शिविरको आयोजना गरिएको हो । परिवार नियोजन शिविरबाट एक सय ५ जना लाभान्वित भएको वडा अध्यक्ष खेम घर्तिमगरले जानकारी दिए ।

Sayalb

२८ जना महिलाले परिवार नियोजनको अस्थायी साधन इम्पलान्ट राखेका छन् भने ९ जनाले राखेको इम्पलान्ट झिकेका छन् । त्यस्तै ६८ जनालाई परिवार नियोजनको बारेमा परामर्श दिइएको छ । सिमचौर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको सहयोगमा शिविर सम्पन्न भएको वडा अध्यक्ष मगरले बताए ।

गरीबी कायम हुनमा जनसङ्ख्या वृद्धि एउटा मुख्य कारण भएकाले वडाका नागरिकका लागि शिविरको आयोजना गरिएको उनले बताए । धेरै जना अस्थायी गर्भ निरोधका साधनहरूको बारेमा थाहा नभएकाले जानकारी दिनु आफूहरूको उद्देश्य रहेको वडा अध्यक्ष घर्तिमगरले बताए ।

Shaileshwori
Loading...