
गायक ज्ञानु बम र गौरी भट्टको स्वरमा रहेको ‘भुल्लिगै मुटुकी माया’ बोलको देउडा गीत सार्वजनिक भएको छ । सुरेन्द्र बिक स्मृतिकीको शब्द तथा गायक ज्ञानु बमको लयमा रेकर्ड भएको गीतको म्युजिक भिडियो शनिवार सार्वजनिक गरिएको हो ।
चौतारी म्युजिक प्रालि युटुव च्यानलबाट सार्वजनिक भएको गीत मुर्चुङ्गा डिजिटल काठमाडौँमा रेकर्ड भएको हो । रमेश बिजुली बिसीले निर्देशन गरेको यो गीतको मुख्य अभियानमा रमेश बिजुली बिसी, जुना सिंह, अनुस्पा केसी र आँचल नाथ रहेका छन् । भिडियोको छायाङ्कन जहित बुढा र सम्पादन पिआर जोशीले गरेका हुन् । गितको एरेन्ज सञ्जय श्रीपाल र मिक्सिङ गोविन्द वलीले गरेका हुन् ।

डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ मा जन्मिएका गायक ज्ञानु बमको स्वरमा ‘मेरा प्यारा बोगटान’, ‘एक फेरा बोली दे’, ‘नशालु आँखा’, ‘जोबन दिजा बयाना’ लगायतका गीत साङ्गीतिक बजारमा छन् ।
#गित
