
सुवास नेपाली, डोटी
डोटी उद्योग वाणिज्य सङ्घको आयोजना तथा भैरव प्रसाद गणको व्यवस्थापनमा सञ्चालन भइरहेको खप्तड-शैलेश्वरी गोल्ड कप अन्तर्गत भएको क्वाटर फाइनलको खेलमा भैरव प्रसाद गण (बि) विजयी भएको छ । सेती प्राविधिक शिक्षालयसँग भएको खेलमा भैरव प्रसाद गण (बि) ५-० गोल अन्तरले विजयी भएको हो ।

पहिलो हाफ सम्म प्रतिस्पर्धात्मक भएको खेलमा जनमत बहादुर कार्कीले पहिलो गोल गरेसँगै भैरव प्रसाद गण “बि”ले अग्रता लिएको थियो । १-० ले अग्रता बनाएको भैरव प्रसाद गण (बि) का मिलन जङ्ग शाहीले दोस्रो हाफमा ३ गोल र ध्रुव भण्डारीले एक गोल गरे । भैरव प्रसाद गण (बि) र सेती प्राविधिक शिक्षालय बिच भएको खेलमा सेती प्राविधिक शिक्षालयका सन्जोग विष्टले म्यान अफ द म्याच हात पारे ।
भोलि मङ्गलवार ४:३० बजे देखि सेमिफाइनलका खेलहरू सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । मङ्गलवार भैरव प्रसाद गण “ए” टिम र डिएसएस दिपायल बिच खेल हुनेछ ।
