खप्तड-शैलेश्वरी गोल्ड कप : फाइनलमा भैरव प्रसाद र एसवाइसी भिड्ने

सुवास नेपाली 
साउन १०, डोटी 
Sayalb
खप्तड-शैलेश्वरी गोल्डको फाइनलमा भैरव प्रसाद गण ए र एसवाइसी बिच खेल हुने भएको छ । बुधवार भएको सेमिफाइनलको खेलबाट एसवाइसी विजयी भएसँगै फाइनल खेल्ने दुई टोलीको टुङ्गो लागेको हो । भैरव प्रसाद गण ए भने यसअघि नै फाइनलमा गइसकेको छ । फाइनल खेल शुक्रवार साँझ ५ बजे हुने छ ।  आज भएको खेलमा भैरव प्रसाद गण बि सँग एसवाइसी २-१ गोल अन्तरले विजयी भएको हो ।
त्यस्तै आजै भएको कबड्डी प्रतियोगितामा दिल्पेश्वर माद्यामिक विद्यालयलाई नवदिप विद्या निकेतनले हराएको छ । अर्को खेलमा   भैरव प्रसाद गण बि सँग भागरथी एकेडेमी विजयी भएको छ । कबड्डी प्रतियोगितामा विजयी भएका टिमले सेमिफाइनलमा स्थान बनाएका छन् ।  कबड्डी प्रतियोगिताका सेमिफाइनल र फाइनलका खेल बिहीबार दिउसो २ बजे बाट सुरु हुने छन्
Shaileshwori
Loading...