
दिपायल सिलगढी नगरपालिकाद्धारा सञ्चालित नगर बस सुचारु भएको छ । करिब एक महिना देखी बन्द रहेको नगर बस सेवा बुधवार देखी सञ्चालनमा आएको छ ।
एक महिना देखी बस सेवा बन्द हुँदा दिपायल–सिलगढी यात्रा गर्ने यात्रुलाई सास्ती भोग्न परेको थियो । सञ्चार माध्यममा समाचार प्रकाशन भए लगत्तै नगर बस सञ्चालन रोकिएको भन्दै सामाजिक सञ्जालमा विरोध भएको थियो । करिब एक महिमा पछि तिन वटा बस मध्य एक बस सुचारु भएको छ ।

नगरपालिकाले सञ्चालन गरेका तिन वटै बसहरू बिग्रिएका कारण सेवा दिन असमर्थ भएको र हाल नगरपालिकाले २ वटा बस मर्मत गरी सञ्चालनमा ल्याएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शङ्कर सुचीकारले जानकारी जानकारी दिनु भयो ।
हाल दिपायल सिलगढीको जिपले ७० रुपैयाँ भाडा लिने गरेको छ भने नगर बसले ५० रुपैयाँमा सेवा दिँदै आइरहेको छ । समयमै हिन्ने भाडा दर पनि सस्तो, उपयुक्त बसाई भएका कारण यात्रुको रोजाइमा नगर बस पहिलो प्राथमिकता रहेको छ ।
