
सिलगढी–झिग्राना अरुद्ध सडक खुलाउने काम सुरु भएको छ । डोटी जिल्ला सदरमुकामदेखि प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडको प्रवेशद्वार झिग्राना जोड्ने सडक पानीका कारण पहिरो आएपछि चार दिनदेखी अवरुद्ध बनेको छ । लगातारको वर्षापछि बुधबार बिहान आएको पहिरोका कारण बाटे ओखर भन्ने ठाउँमा सडकमाथिबाट ठुलो पहिरो आएका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको सडक शनिबार बिहानै देखी पहिरो हटाउने काम भएको पुर्वाधार बिकास कार्यालय डडेल्धुराका प्राबिधिक अन्जु कुँवरले जानकारी दिइन् । उनले भनिन् ‘ पानी परिरहेको अबस्थामा सडक मर्मत गर्न सक्ने अबस्था थिएन मौसममा सुधार आएपछि आज(शनिबार) बिहानैबाट अबरोध हटाउनका लागी जेसिभिले काम सुरु गरेको छ ।’

अबरोध हटाउनका लागी दु्रतगतीमा काम भइरहेको कुँवरले जानकारी दिएन ।
