
नरेन्द्र बहादुर वि.क.
सिलगढी, डोटी
सम विकास केन्द्र (ईडिसि) नेपाल डोटीको संस्थागत वार्षिक समीक्षा बैठक कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७९/८० को संस्थागत वार्षिक समीक्षा बैठक आइतबार सुरु भएर सोमवार सम्पन्न भएको हो ।
गत आर्थिक वर्षभरि संस्थाको कार्यक्षेत्रमा भएका प्रगति तथा नतिजाहरूको विश्लेषण, आगामी योजनाहरूको बारेमा छलफल गर्दै संस्थाले सञ्चालन गरेका कार्यक्रम अनुसार प्रस्तुति गरी समीक्षा गरिएको छ । साथै यस वर्ष निर्माण गरेका नयाँ नीतिहरूको बारेमा सम्पूर्ण कर्मचारी तथा पदाधिकारीहरू लाई जानकारी समेत गराइएको छ । संस्थाका अध्यक्ष अधिराज बिसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका पदाधिकारी, कर्मचारी र सदस्य गरी करिब ४० जनाको सहभागिता रहेको थियो ।
संस्थाले कार्यक्षेत्रमा उल्लेखनीय कार्यहरू गरिरहेको र यसलाई दिगो र संस्थागत रूपमा सञ्चालन गर्नको लागी बढी भन्दा बढी स्थानीय तहहरू सँग सहकार्य गरी कार्य सञ्चालन गर्नु पर्ने अध्यक्ष बिसीले बताए । संस्थालाई अझै बलियो र आम समुदायको मन जित्नको लागी समुदाय परिचालनका कार्यहरूलाई अगाडी बढाउनु पर्ने कार्यकारी निर्देशक महेश त्रिखत्रि बताए ।

