भिरबाट खसेर डोटीमा १४ वर्षिया बालिकाको मृत्यु

धन बोहरा, डोटी 
डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर ६ अगिडाका गुमी बिककी १४ वर्षिया छोरी निर्मला विकको मृत्यु भएको छ ।
Sayalb
बिहिवार घर नजिकैको भिरमा घाँस काट्ने क्रममा खसेकी विकको घटनास्थलमै मृत्यु भएको वडा सदस्य रमेश खडायतले जानकारी दिएका छन् । मृतक विक कक्षा ७ मा अध्ययनरत थिइन ।
यश विषयमा जिल्ला प्रहरी कार्यालयमा कुनै जानकारी नआएको प्रहरी प्रमुख, प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताए ।
Shaileshwori
Loading...