माओवादीको तीन महिने अभियान सुरु, प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन

भदौ १६ , काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को तीन महिने अभियान ‘जनतासँग माओवादी : विशेष रूपान्तरण अभियान’ सुरु भएको छ । शनिवार  प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल रूपमा देशभरका सबै वडामा एकैसाथ अभियानको उद्घाटन गरेका छन् ।
माओवादीले आठ लाख सदस्य पुर्याउने लक्ष्यसहित तीन महिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सुरु गरेको छ । सदस्यता नवीकरण र विस्तारमार्फत लक्ष्य पूरा गर्ने गरी माओवादीले अभियान वडा केन्द्रित गरिएको छ । अभियानअन्तर्गत पार्टीका सबै शीर्ष नेताहरू समेत वडा वडामा पुग्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री प्रचण्ड चन्द्रागिरि नगरपालिका–२ घट्टेडाँडा र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका–२८ हरिसिद्धिको कार्यक्रममा सहभागी हुनेछन् ।
पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य,  सबै पदाधिकारी जाने वडाहरू तोकिएको छ । अभियानका क्रममा जनताको घरघरमा जाने र जनतालाई सुन्ने माओवादीको योजना छ । जनतासँग माओवादी अभियानअन्तर्गत जनतालाई प्रत्यक्ष भेटेर सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा गरेका कामबारे जानकारी गराउने पार्टीले जनाएको छ । साउन तेस्रो साता सम्पन्न माओवादी केन्द्रीय कमिटी बैठकले रूपान्तरण अभियान घोषणा गरेको थियो ।
Sayalb
Shaileshwori
Loading...