
राष्ट्रिय युवा संघ नेपालको सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा अरुण कुँवर चयन भएका छन्।
नेकपा एमाले सम्बद्ध युवा संघको बिहिवार डोटीमा सम्पन्न भएको प्रदेश अधिवेशनबाट अध्यक्षमा कुँवर चयन भएका हुन्। यस्तै, उपाध्यक्षमा बमबहादुर शाही, सचिवमा प्रकाश खड्का, सह–सचिवमा रामबहादुर रोकाया र दिपेन्द्र खड्का, कोषाध्यक्षमा खगेन्द्र नाथ चयन भएका छन् भने महिला विभाग प्रमुखमा श्रीया सिंह चयन भएकी छन्।

सदस्यहरुमा कैलालीबाट १३, कञ्चनपुरबाट १०, अछामबाट ७ एवं डोटी, बझाङ, बाजुरा, दार्चुला, बैतडी र डडेल्धुराबाट ६/६ जना सदस्य गरि ६६ जना सदस्य रहेका छन् ।
