
डोटीको शिखर नगरपालिका– ९ सुन्डमा ३८ परिवारलाई बाख्रा वितरण गरिएको छ । डिसिए नेपालसँगको साझेदारीमा सम विकास केन्द्र नेपाल (ईडिसी) द्वारा सञ्चालित गिफ्ट परियोजना अन्तर्गत दलित,विपन्न तथा सीमान्तकृत घरपरिवारको जीविकोपार्जनमा सुधार गर्नका लागी (गिफ्ट) उपहार परियोजना अन्तरगत बाख्रा वितरण गरिएको सम विकास केन्द्र नेपालका कार्यकारी निर्देशक महेश परियारले जानकारी दिए ।
शिखर नगरपालिका वडा नं.९ सुन्डमा गठन गरिएका २ वटा समूहका ३८ घर धुरीमा प्रति घरधुरी ४ वटा बाख्रा गरी १५२ वटा बाख्रा र दुई वटा समूहमा प्रति समूह १ वटा गरी २ वटा बिउ बोका प्रदान गरिएको हो ।


सुन्डका ३८ परिवारलाई शिखर नगरपालिका वडा नं. ९ का अध्यक्ष जगन्नाथ भट्टले हस्तान्तरण गर्नु भएको थियो । सम विकास केन्द्र नेपालले डिसिएसंग सहकार्य गर्दै कुनै विपन्न समूहलाई छनौट गरेर विगत बर्सदेखि वितरण गर्दै आएको छ ।
