जन्म दिनको अवसरमा जिल्ला अस्पताल डोटीका अध्यक्षले गरे बिरामीलाई फलफूल वितरण

मङ्सिर २८, डोटी
जन्म दिनको अवसर पारि जिल्ला अस्पताल व्यवस्थापन समिति डोटीका अध्यक्ष धन बहादुर नेपालीले बिरामीलाई फलफूल वितरण गरेका छन् । जिल्ला अस्पतालमा बेड भर्ना भएका बिरामीलाई बिहीबार परेको जन्म दिनको अवसरमा अध्यक्ष धन बहादुर नेपालीले फलफूल वितरण गरेका हुन् ।
Sayalb
रमाइलो गरेर फजुल खर्च गर्नु भन्दा मानव सेवामा सकेको सहयोग गर्नु पर्छ भन्ने सन्देशसहित फलफूल वितरण गरेको अध्यक्षले बताए । जिल्ला अस्पतालमा फलफूल वितरण गर्दै उनले उपचाररत बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
 
Shaileshwori
Loading...