जोरायलमा ट्याक्टर दुर्घटना हुँदा चालक सहित ३ जना घाइते

Sayalb
पुस २२, डोटी ।
डोटीमा ट्याक्टर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । जिल्लाको जोरायल गाउँपालिका–३ चन्कट्टे  स्थित सौनेनी खोलामा सेलाबाट चन्कट्टे तर्फ जाँदै गरेको  से २ प ३६८० नम्बरको ट्याक्टर दुर्घटना भएको हो । आइतबार साँझ करिब ४ः३० बजेतिर भएको ट्याक्टर दुर्घटना परि चालकसहित ३ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय रावतकट्टे जोरायलका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक बलभद्र पनेरुका अनुसार घाइते ट्याक्टर चालक जोरायल गाउँपालिका–३ अवस्थी गाउँका विष्णु अवस्थीलाई उपचारको लागि धनगढी रेफर गरिएको छ । उनको दाहिने खुट्टा भाँचिएको छ भने अन्य २ जनाको अवस्था सामान्य छ ।
Shaileshwori
Loading...