
पत्रकार दीपेन्द्र परियार ‘मिलन’ले जन्मदिनको अवसर पारेर न्यानो लुगा वितरण गर्नु भएको छ । कैलालीको धनगढी उपमहानगर पालिका वडा नं १ कटानका दलित र थारु बस्तीमा एक सय ५० जनालाई न्यानो कपडा सहयोग गरिएको परियारले जानकारी दिएका छन् ।
चिसो महिना लामो सित लहरका कारण अत्यधिक चिसो बढेपछि ज्येष्ठ नागरिक,एकल महिला र बालबालिकाहरूलाई जन्मदिनको अवसर पारेर ब्ल्यांकेट,उनिको सुइटर,उनिको टोपी, ट्राउजर, ज्याकेट, मोजा, लगायत न्यानो कपडा सहयोग गर्नु भएको हो । परियारले भने ‘जन्मदिनको अवसर पारेर आफ्नो तर्फबाट गर्न सक्ने सानो सहयोग गरेको छु ।’

लामो समय डोटीमा नयाँ पत्रिका दैनिकमा काम गरी हाल समता अनलाइनका सञ्चालक तथा कार्यकारी सम्पादक समेत रहेका परियार अधिकारकर्मीको रूपमा काम गर्दै आएका छन् । आफूलाई ‘भूँई मान्छे’ भन्न रुचाउने परियार मानव अधिकार समानता दलित अधिकार सामाजिक न्यायका पक्षका आवाज उठाउँदै आएका अधिकारकर्मी हुन ।

