बैकल्पिक राजमार्गलाई पहिलो प्राथमिक्ता दिएर काम गर्ने छु : पूर्वमन्त्री आले

Sayalb

बिमल बिष्ट, डोटी । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी, खुटिया, दिपायल, बझाङ हुँदै उरै भन्ज्याङ जोड्ने बैकल्पिक राजमार्गलाई पहिलो प्राथमिक्तामा राखेर काम गर्नु पर्ने बताउनु भएको छ ।

आज डोटीको जिल्ला सदरमुकाम सिलगढीमा नेकपा (एकीकृत समाजवादी) ले आयोजना गरेको जिल्ला कमिटीको १२ औँ बैठकलाई सम्बोधन गर्नु हुँदै उहाँले बैकल्पिक राजमार्ग मात्रै बनाउन सके समग्र सुदूरपश्चिमको विकासमा काया पलट हुने बताउनुभयो । उहाँले भन्नुभयो, “धनगढी, खुटिया, दिपायल, बझाङ हुँदै उरै भन्ज्याङ जोड्ने बैकल्पिक राजमार्ग मात्रै बनाउन सके हाम्रो प्रदेशका विकासले ठूलो फड्को मार्ने छ, यो नेपाल, भारत र चिन जोड्ने मार्ग भएकाले पनि यस्को निर्माण गर्न अति जरुरी छ ।”

सोही बैठकका प्रमुख अतिथी समेत रहनु भएका पूर्वमन्त्री तथा सांसद आलेले धनगढी, खुटिया, दिपायल, बझाङ हुँदै उरै भन्ज्याङ जोड्ने बैकल्पिक राजमार्गलाई आफुले पहिलो प्राथमिक्तामा राखेर काम गर्ने आश्वासन समेत दिनुभयो । यहाँका अन्य राजमार्गको तुलनामा उक्त राजमार्ग सबै भन्दा छोटो दुरीको भएको र यस राजमार्गको निर्माण गर्न सके यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यटकहरु भित्रयाउन निकै सहज विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी उहाँले उक्त बैकल्पिक राजमार्गका विभिन्न ठाउँहरुमा पुल निर्माणका कार्यहरु अगाडि बढाएको जानकारी दिनु हुँदै उहाँले भन्नुभयो, “डोटीको विकासका लागि म सधै अग्रसर छु, मेरो कार्यकाल सम्म म जिल्लाको मुहार फेरीने गरी विकासका कामहरु गर्ने छु ।” जिल्लामा गर्नु पर्ने विकास निर्माणका कामहरुका विषयमा आफुलाई लिखित तथा मौखिक रुपमा पनि जानकारी गराउन समेत उहाँले जिल्लावासीमा आग्रह समेत गर्नुभयो ।

“विकासका काममा राजनिती गर्नु हुँदैन, सबै मिलेर जिल्लाको विकासमा लाग्ने हो, कुन ठाउँमा के काम गर्नु पर्छ मलाई लिखित तथा मौखिक रुपमा भन्नु होला, म काम गरेर देखाउछु ।” उहाँले भन्नुभयो । धनगढी, खुटिया, दिपायल, बझाङ हुँदै उरै भन्ज्याङ जोड्ने बैकल्पिक राजमार्ग मात्रै बनाउन सके हामीलाई चिनको ताक्लाकोट जान र चिनका पर्यटक नेपाल ल्याउन निकै सहज हुने भएकाले चिन तथा भारत देशका पर्यटकहरु हाम्रो सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा ल्याउन निकै सहज हुने र यहाँको विकासमा कायापलट हुने उहाँको दावी छ ।

Shaileshwori
Loading...