जनयुद्ध दिवसका अवसरमा माओवादी केन्द्रद्वारा फलफूल वितरण

फागुन १ डोटी । आज २९ औँ जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा प्रत्येक फागुन १ गते दिवस मनाइन्छ ।  माओवादी केन्द्र डोटी विभिन्न कार्यक्रमको आयोजना गरेर दिवस मनाउँदै छ ।
Sayalb
दिवसको अवसरमा आज बिहान जिल्ला अस्पताल डोटीमा बेड भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरिएको जिल्ला सचिव डबल बहादुर सिंहले जानकारी दिए । फलफूल वितरण सँगै बिरामीको स्वास्थ्य लाभको समेत कामना गरिएको छ । दिउँसो राजपुरमा रहेको सहिद स्मृति आवासीय माद्यामीक विद्यालयमा वक्तृत्वकलाको आयोजना गरिएको र साँझ पिपल्ला बजारमा सहिदहरूको सम्झनामा दीप प्रज्वलन गरिने पनि सिंहले बताए ।
 
Shaileshwori
Loading...